Categories समाचार

पर्सामा गाईगोठभित्र लुकाएर राखिएको चार लाख बराबरको चकलेट बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बलले पर्साको बीरगञ्ज महानगरपालिका–८, गहवाटोलस्थित एक गाईगोठबाट भन्सार छली गरी भित्र्याइएको चकलेट, खजुर र स्प्रे पेन्ट बरामद गरेको छ।

बरामद सामग्रीको अनुमानित मूल्य ४ लाख ८ सय रुपैयाँ बराबर रहेको छ।

Advertisement

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म बीरगञ्ज र बीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले मुन्ना हवारीद्वारा सञ्चालित गाईगोठमा छापा मारेको थियो।

Advertisement

त्यहाँ भारतबाट भित्र्याइएको र भन्सार छलिएको अवस्थामा विभिन्न ब्रान्डका चकलेट, खजुर र स्प्रे पेन्ट लुकाएर राखिएको फेला परेको हो।

सामग्री नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *