Categories शिक्षा

त्रिजुद्ध मा.वि. मधेस प्रदेशको उत्कृष्ट विद्यालय घोषित, PAN द्वारा सम्मान

पोखरा । पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय समावेशी शिक्षा सम्मेलनबाट वीरगन्ज स्थित त्रिजुद्ध माध्यमिक विद्यालयलाई मधेस प्रदेशको उत्कृष्ट माध्यमिक विद्यालय घोषित गरिएको छ।

समावेशी र गुणस्तरीय शिक्षामा विद्यालयले पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै कार्यक्रम आयोजक संस्था PAN ले त्रिजुद्ध मा.वि.लाई सम्मान गरेको हो।

Advertisement

सम्मेलनमा समावेशी शिक्षा, गुणस्तर वृद्धि, नवप्रवर्तन र शिक्षामा पहुँच विस्तारलगायतका विषयमा छलफल गरिएको थियो।

Advertisement

सम्मेलनमा सहभागी शिक्षा विज्ञ, नीति निर्माताहरू, शिक्षक, विद्यालय प्रमुख तथा विभिन्न निकायका प्रतिनिधिहरूको मूल्याङ्कनका आधारमा त्रिजुद्ध मा.वि. मधेस प्रदेशतर्फबाट उत्कृष्ट विद्यालयको रूपमा छनोट भएको हो।

विद्यालयले सिकाइमा विविधता, समावेशिता, बालमैत्री वातावरण र नविन शैक्षिक अभ्यासहरू लागू गर्दै आएको भन्दै PAN तथा सहभागीहरूबाट प्रशंसा प्राप्त गरेको छ।

सम्मेलनले समावेशी शिक्षालाई अझ प्रभावकारी बनाउन स्थानीय र संघीय सरकार, विद्यालय र सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *