Categories धर्म/संस्कृति

इस्लाम धर्मावलम्बी इद–उल–जोहा मनाउँदै

Advertisement

वीरगन्ज । नेपालभरका मुस्लिम समुदाय आज आफ्नो दोस्रो प्रमुख धार्मिक पर्व इद–उल–जोहा (बक्रइद) हर्षोल्लासपूर्वक मनाइरहेका छन्। इस्लामिक पात्रो अनुसार जिलहिज्ज महिनाको १०औँ दिन मनाइने यस पर्वको अवसरमा मुस्लिम बस्तीहरूमा विशेष उत्सवको माहोल छ।

‘कुर्वानी’ अर्थात बलिको परम्परा अनुसार आज बिहानैदेखि खसी, राँगा लगायतका जनावर बलि चढाउने कार्य भइरहेको छ। धार्मिक भावनासहित गरिएको यो बलि त्याग, समर्पण र सहानुभूतिको प्रतीक मानिन्छ।

Advertisement

पर्वलाई लिएर विभिन्न ठाउँमा विशेष तयारी गरिएको छ। मस्जिदहरूमा विशेष नमाज (प्रार्थना)को आयोजना गरिएको छ भने बस्तीहरूमा रंगीचंगी सजावट, खानपिनको विशेष व्यवस्था, र पारिवारिक जमघटले उत्सवलाई थप भव्य बनाएको छ।

Advertisement

टाढा रहेका मुस्लिमहरू पनि यो अवसरमा घर फर्किएका छन्, जसले गर्दा परिवारभित्र झनै उमंग र खुशी थपिएको छ।

समानता, सहिष्णुता र मानव सेवा जस्ता मूल सन्देश बोकेको इद–उल–जोहाले सबै समुदायबीच आपसी सद्भाव अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *