Categories शिक्षा समाचार

ब्राइट +२ कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई कार्यक्रम सम्पन्न

Advertisement

वीरगञ्ज । ब्राइट +२ कलेजले वीरगञ्जस्थित टाउन हलमा कक्षा १२ का विद्यार्थीहरूका लागि एक भव्य तथा भावनात्मक विदाई कार्यक्रम आयोजना गरेको छ।

शिक्षा, संस्कार र समर्पणलाई मूलमन्त्र बनाउँदै अघि बढिरहेको कलेजले आफ्ना विद्यार्थीहरूलाई सम्मान र प्रेरणाको माध्यमबाट आगामी यात्रामा सफलताको शुभकामना दिने उद्देश्यसहित कार्यक्रम सम्पन्न गरेको हो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि भारतीय महावाणिज्यदूतावास, वीरगञ्जका महावाणिज्यदूत देवी साहय मीणाले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै योजना, परिश्रम र आत्मविश्वासको संयोजनले मात्र सफल जीवन सम्भव हुने बताए। उनले राष्ट्र निर्माणमा युवाको भूमिकालाई महत्त्वपूर्ण बताउँदै शिक्षाले नै व्यक्तिको पहिचान बनाउने कुरा दोहोर्‍याए।

Advertisement

कलेजका संस्थापक तथा कार्यक्रमका अध्यक्ष मुकेश गुप्ताले ब्राइट +२ कलेजको उद्देश्य केवल शैक्षिक सफलता मात्र नभइ सामाजिक र नैतिक मूल्यको विकासमा समेत केन्द्रित रहेको बताए। उनले विद्यार्थीलाई सिर्जनशील, जिम्मेवार र परिवर्तनशील नागरिक बनाउनेतर्फ निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक देवेश गुप्ता, रातोपाना अनलाइनका अध्यक्ष श्याम सर्राफ, चलचित्र पत्रकार संघ पर्साका अध्यक्ष सूर्यनारायण विक, सामाजिक अभियन्ता शरण गुप्ता लगायत विशिष्ट अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

विद्यार्थीको मेहनत, समर्पण र क्षमताप्रति कलेजको सम्मान प्रकट गर्न तथा भविष्यमा अझ सफल हुने ऊर्जा प्रदान गर्न आयोजित कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू, सम्मान कार्यक्रम र प्रेरणादायी मन्तव्यहरूले उपस्थित सबैमा उत्साह थपेको थियो।

कार्यक्रममा वक्ताहरूले छोटो समयमै ब्राइट +२ कलेजले हासिल गरेको शैक्षिक र संस्थागत पहिचानको खुलेर प्रशंसा गरे। विद्यार्थी प्रति कलेजको समर्पण, अनुशासन र गुणस्तरीय शिक्षाप्रतिको अटल प्रतिबद्धता कलेजको सफलताको प्रमुख आधार रहेको उनीहरूले उल्लेख गरे।

शिक्षाको क्षेत्रमा ब्राइट कलेजले उदाहरणीय काम गर्दै आएको र अन्य संस्थाहरूका लागि प्रेरणा बनेको पनि वक्ताहरूले जोड दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *