Categories राजनीति

माधोपुरमा ८० महिला जनमत पार्टीमा, नयाँ जोशसहित टोल समिति गठन

Advertisement

वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६, माधोपुरमा एकैदिन ८० जना महिलाहरू जनमत पार्टीमा आवद्ध भएका छन्। महिलाहरूको यो सामूहिक पार्टी प्रवेश कार्यक्रम जिल्ला सदस्य अनिता रामको पहलमा सम्पन्न भएको हो।

पार्टी प्रवेशका क्रममा महिलाहरूले सामाजिक रुपान्तरण, लैंगिक समानता र स्थानीय राजनीति क्षेत्रमा सक्रिय संलग्नताको प्रतिबद्धता जाहेर गरे। उनीहरूको आगमनसँगै पार्टीभित्र महिला सहभागिता र सशक्तिकरणको अभियानले नयाँ गति लिएको जनमत पार्टीका नेता बृजेश्वर प्रसाद चौधरीले बताए।

Advertisement

कार्यक्रमको विशेष आकर्षणको रूपमा, कलिता देवी रामको अध्यक्षतामा ४१ सदस्यीय महिला टोल समिति गठन गरिएको छ। यस समितिले पार्टीको सांगठानिक विस्तारमा स्थानीयस्तरमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।

Advertisement

जनमत पार्टी महिला नेतृत्व विकासमा निरन्तर अग्रसर हुँदै आएको उल्लेख गर्दै सरोकारवालाहरूले माधोपुरमा देखिएको यो उत्साहजनक सहभागिता सशक्तिकरणको दिशामा ऐतिहासिक कदम भएको बताएका छन्।

कार्यक्रममा केन्द्रीय सदस्य ई. राहुल रौनियार, प्रदेश सदस्य बृजेश्वर चौधरी, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, पालिका अध्यक्ष सुनिल मुखिया, र युवा अध्यक्ष संजय सिंह लगायत नेताहरूको उपस्थिति थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *