Categories समाचार

वीरगन्जमा नवनिर्मित शंखधर साख्वाधर पार्क उद्घाटन

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका–४ मा नवनिर्मित शंखधर साख्वाधर पार्कको शुक्रबार एक भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ।

पार्कको उद्घाटन संघीय सरकारका खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संयुक्त रूपमा गरेका हुन्।

Advertisement

विगतमा कयौं बिघा सार्वजनिक जमिन अतिक्रमणमा परेपछि, महानगरपालिकाले ती क्षेत्र अतिक्रमणमुक्त गराई पार्कको पुनः निर्माण तथा सौन्दर्यकरण कार्य सम्पन्न गरेको हो।

Advertisement

पुनः निर्माणपछिको यो पार्क वीरगन्जबासीका लागि खुला मनोरञ्जनस्थलका रूपमा विकास गरिएको छ। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनमा महानगरको पहल सराहनीय रहेको बताए।

मेयर सिंहले भने पार्कलाई थप सुविधा सम्पन्न बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *