Categories हाइलाइट-समाचार

पर्साको पिपरामा कार दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

पर्सा । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ पिपरा स्थित रेनुका पेट्रोल पम्प नजिक आइतबार दिउँसो एक कार अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दिउँसो ३ बजे गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट (BR 55 B 9104) भएको कार आफैं अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो।

Advertisement

उक्त दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि बारा जिल्लाको प्रसौनीस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।

Advertisement

दुर्घटनामा घाइते हुनेहरूमा भारतको बिहार राज्य अन्तर्गत बेतिया, नरकटियागञ्जका करिब ४० वर्षीय गणेश सर्राफ रहेका छन्, जसको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

त्यस्तै, सुधीर सोनीका करिब २० वर्षीय छोरा रतन सर्राफको बायाँ हात र शरीरका विभिन्न भागमा चोट लागेको छ। रामबाबु सर्राफका करिब २१ वर्षीय छोरा बिटु सर्राफको दायाँ खुट्टा, छाती र टाउकोमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको छ।

त्यस्तै, करिब ३० वर्षीय अर्का व्यक्ति बिटु सर्राफ को टाउको, मुख र कानमा गम्भीर चोट लागेकाले उपचारको क्रममा अपराह्न ३:५० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *