Categories समाचार

वीरगंजमा ‘काजारीया टायल्स’ शोरुमको भव्य उद्घाटन

Advertisement

वीरगंज । पर्साको वीरगंज महानगरपालिका लिंक रोडस्थित न्यु नारायणी इन्टरप्राइजेजद्वारा सञ्चालित ‘काजारीया टायल्स’ शोरुमको एक विशेष समारोहबीच भव्य रुपमा उद्घाटन गरिएको छ। आइतबार सम्पन्न उक्त कार्यक्रममा शस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी राधेश्याम धिमाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र विशिष्ट अतिथिको रूपमा उपस्थित रहेको कार्यक्रममा उद्योग, व्यापार, राजनीति, सञ्चार, समाजसेवा लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

समारोहमा बोल्दै प्रमुख अतिथि धिमालले वीरगंजजस्तो आर्थिक केन्द्रमा यति स्तरीय शोरुम स्थापना हुनु सकारात्मक संकेत भएको बताए। उनले यस्ता व्यावसायिक पहलहरूले स्थानिय रोजगारी सिर्जना, शहरी सौन्दर्य तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

Advertisement

न्यु नारायणी इन्टरप्राइजेजका सञ्चालक तथा युवा उद्यमी राज सर्राफले कम्पनीले विगत एक दशकदेखि वीरगंजमा गुणस्तरीय सेवा दिँदै आएको उल्लेख गर्दै, ग्राहकहरूको साथ र विश्वासकै कारण हाल आधुनिक र सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याउन सफल भएको जानकारी दिए।

यहाँ काजारीया ब्रान्डका प्रिमियम टायल्स तथा पेरीवेर ब्रान्डका उच्चस्तरीय सेनिटरी सामग्रीहरू उपलब्ध छन्। ग्राहकहरूको विविध आवश्यकतालाई ध्यानमा राख्दै सय भन्दा बढी डिजाइनमा टायल्स उपलब्ध गराइएको सर्राफले बताए।

“हामीसँग भान्सा, बाथरुम, बैठक कोठा, अफिसदेखि व्यवसायिक प्रयोजनका लागि उपयुक्त टायल्सहरू सबै साइज र डिजाइनमा उपलब्ध छन्,” सर्राफले भने। उनले मध्यम वर्गदेखि उच्च वर्गसम्मका ग्राहकहरूलाई लक्षित गरी बजेटअनुसारका विकल्पहरू राखिएको जानकारी पनि गराए।

कार्यक्रमको अवसरमा रिबन काटेर शोरुमको विधिवत् उद्घाटन गरिएको थियो। उद्घाटनपछि अतिथिहरूले शोरुमको अवलोकन गर्दै उपलब्ध सामग्री र सेवा सुविधाको प्रशंसा गरे।

सञ्चालक सर्राफले ग्राहकहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा सेवा थप स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले डिजिटल सेवाको विस्तार, विभिन्न छुट योजना तथा नविन अफरहरू ल्याइने जानकारी समेत दिए।

तेजीका साथ शहरीकरण भैरहेको वीरगंजमा यस्ता आधुनिक शोरुमहरूको स्थापना निर्माणसम्बन्धी सेवामा राहत पुर्‍याउने र गुणस्तरमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *