Categories समाचार

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा पर्साका शिक्षक चौहान विरुद्ध आरोपपत्र दायर

Advertisement

पर्सा । वीरगंज महानगरपालिका वडा नम्बर १ स्थित श्री रामदेनी तिवारी निमावि (आ.वि.) मा कार्यरत शिक्षक चन्देश कुमार चौहानविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पदोन्नति लिएको आरोपमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारका अनुसार चौहानले मिति २०६० साल मङ्सिर ५ गते अंग्रेजी विषयको तृतीय श्रेणी शिक्षकको रूपमा स्थायी नियुक्ति पाएका थिए । पछि उनले MAGADH UNIVERSITY, BODH-GAYA बाट अंग्रेजी विषयमा B.A. (Hons.) उत्तीर्ण गरेको भन्दै प्रमाणपत्र पेश गरी मिति २०७० साल साउन ८ गते दोस्रो श्रेणीमा पदोन्नति पाएका थिए ।

Advertisement

तर, ती प्रमाणपत्रहरू नक्कली भएको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा प्रमाणपत्रहरू झुट्टा भएको पुष्टि भएको छ । यसरी नक्कली कागजातमार्फत लाभ, ओहदा र सुविधा लिएको पाइएपछि चौहानविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा सोही ऐनअनुसार कैद र जरिवानाको मागदाबी लिई मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *