Categories समाचार

कलैयाका सम्पूर्ण विद्यालयहरूमा तीन दिन गर्मी विदा

कलैया । अत्यधिक गर्मीको कारण विद्यालयका बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै कलैया उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिनको गर्मी विदा घोषणा गरिएको छ।

नगर शिक्षा समितिको आज बसेको निर्णयअनुसार भोलि बुधबारदेखि शनिबारसम्म विद्यालय बन्द रहने जानकारी नगर कार्यपालिकाको कार्यालय, कलैया उपमहानगरपालिका, बाराबाट दिइएको छ।

Advertisement

विद्यालय पुनः आइतबारदेखि नियमित रूपमा सञ्चालन हुने बताइएको छ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा सबै विद्यालयलाई उक्त निर्णयको पालना गर्न अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *