Categories शिक्षा समाचार

पोखरिया नगरपालिकाद्वारा अत्यधिक गर्मीका कारण विद्यालय बन्द, पर्सा जिल्लामै पहिलो निर्णय

वीरगन्ज । पर्सा जिल्लाको १४ वटा स्थानीय तहहरूमध्ये पोखरिया नगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यालय बन्द गर्ने निर्णय लिँदै सबैभन्दा पहिले यस्तो कदम चालेको छ।

नगरप्रमुख प्रदुम्न प्रसाद चौहानद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार, पछिल्लो समयमा बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू भोलि बुधबारदेखि शुक्रबारसम्म बन्द गरिने जनाइएको छ।

Advertisement

विद्यालयहरूमा कक्षा १२ सम्मको अध्यापन बन्द हुने भए पनि प्रशासनिक सेवा भने यथावत सञ्चालन हुने जनाइएको छ। सो अवधिपछि असार ९ गते आइतबारदेखि विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आउने जानकारी दिइएको छ।

Advertisement

पोखरिया नगरपालिकाको यस निर्णयले बालबालिकाको स्वास्थ्यप्रति चिन्ता र सुरक्षा प्राथमिकतामा राखिएको स्पष्ट देखिन्छ।

गर्मीका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याबाट बालबालिकालाई जोगाउन अन्य पालिकाहरूले पनि आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *