Categories स्वास्थ्य

प्रहरी र परिवारका लागि नेशनल मेडिकलबाट ५०% सम्म छुट

Advertisement

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले नेपाल प्रहरी, भूतपूर्व प्रहरी तथा उनीहरूका आश्रित परिवारका लागि विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने भएको छ। सो सम्बन्धमा नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय, पर्साबीच आज दुई पक्षीय सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार नेपाल प्रहरीमा कार्यरत, भूतपूर्व प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई उपचार सेवामा छुट सुविधा उपलब्ध गराइनेछ। सम्झौतामा मेडिकल कलेजका तर्फबाट प्रबन्धक शहानवाज अन्सारी र नेपाल प्रहरीका तर्फबाट जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले हस्ताक्षर गरेका हुन्।

Advertisement

कलेजका प्रबन्धक शहानवाज अन्सारीका अनुसार सेवाग्राहीको पहिचानको आधारमा छुट दर तय गरिएको छ।

Advertisement

बहालवाला प्रहरीका लागि छुट विवरण यस प्रकार छः

ओपीडी टिकटमा: ५०% छुट

बेड, केविन, आईसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्जमा: २५% छुट

भिडियो एक्सरे, एक्सरे, ईसीजी लगायतका सेवामा: २५% छुट

भूतपूर्व प्रहरी र उनीहरूका आश्रितका लागि

ओपीडी टिकटमा: ५०% छुट

बेड, केविन, आईसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्जमा: २०% छुट

भिडियो एक्सरे, एक्सरे, ईसीजी लगायतका सेवामा: २०% छुट

सम्झौता कार्यक्रमको अवसरमा कलेजका सञ्चालक प्रा.डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, प्रहरी नायब उपरीक्षक सुवास भट्टलगायतको उपस्थिति रहेको थियो।

नेशनल मेडिकल कलेजले प्रहरी समुदायप्रति सम्मान प्रकट गर्दै उक्त सहुलियत योजना लागू गरेको बताइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *