Categories समाचार

भोजपुरी प्रतिष्ठानको उदाहरणीय पहल: कबीर जयन्ती छात्रावासका बालबालिकासँग

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका अन्तर्गतको भोजपुरी प्रतिष्ठान, वीरगन्जले यस वर्षको कबीर जयन्ती तथा विश्व भोजपुरी दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आदर्शनगरस्थित आमाको माया छात्रावासमा रहेका बालबालिकासँग विशेष कार्यक्रम आयोजना गरी उदाहरणीय ढंगले मनाएको छ।

Advertisement

कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण, कविता वाचन, तथा बालबालिकाका लागि खाजाको व्यवस्था गरिएको थियो। कार्यक्रममा सहभागी कविहरू तथा वक्ताहरूले सन्त कबीरदासका प्रेरणादायी दोहाहरू प्रस्तुत गर्दै उहाँको सरल, सत्यनिष्ठ र समाजप्रेमी व्यक्तित्वबारे चर्चा गरे। उनीहरूले जीवनमा कबीरदासजस्तै सरल, निडर र सत्यवादी बन्ने प्रेरणा दिन आग्रह गरे।

Advertisement

कार्यक्रम भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सल्लाहकार द्वय प्रमोद पाण्डे र दिनेश गुप्ता, साथै नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।

Advertisement

कविता वाचनपछि छात्रावासका बालबालिकाले पहिलो पटक भोजपुरी भाषामा राष्ट्रभक्ति गीत प्रस्तुत गर्दै सम्पूर्ण उपस्थितलाई भावविभोर बनाएका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष साहले बालबालिकाको प्रतिभाको प्रशंसा गर्दै प्रतिष्ठानको तर्फबाट गायनमा रुचि भएका बालबालिकाका लागि प्रशिक्षणको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

छात्रावासको सभाहलमा सम्पन्न कार्यक्रममा कवित्री अस्मिता पटेल, समाजसेवी शिवम केडिया, प्रतिष्ठानका सदस्य सचिव अमित अग्रवाल, सदस्य अजय चौरसिया, अमोद गुप्ता, छोटु राज तथा अन्य स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन श्याम सर्राफले गर्नुभएको थियो।

Advertisement
Advertisement

1 comment

Lalan Prasad Shah says:

बहुत बढिया!

Leave a Reply

Your email address will not be published. Required fields are marked *