Categories शिक्षा हाइलाइट-समाचार

वीरगञ्जका विद्यालयहरूमा गर्मी विदा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै महानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गर्मी विदा घोषणा गरेको छ।

महानगरपालिकाको सूचना अनुसार भोलि (बिहीबार) शनिबारसम्म विद्यालयहरू बन्द रहने छन्। यस अवधिमा कक्षा सञ्चालन नगर्न र सूचना सबै अभिभावक, शिक्षक तथा विद्यार्थीहरूमा जानकारी गराउन विद्यालय प्रशासनलाई अनुरोध गरिएको छ।

Advertisement

विद्यालय प्रशासनहरूलाई यो सूचना गम्भीरतापूर्वक कार्यान्वयन गर्न आग्रह गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *