Categories समाचार

दुई करोडभन्दा बढी मूल्यको अवैध गरगहना सहित चारजना पक्राउ

Advertisement

वीरगञ्ज । करिब दुई करोड एक लाख ७८ हजार रुपैयाँ बराबरको सुन, हिरा तथा पत्थरको गहना सहित चारजना पक्राउ परेका छन्। भारतको कलकत्ताबाट आएका व्यापारी समूहले काठमाडौंमा अवैध रूपमा गरगहना कारोबार गर्दै आएको सूचनाका आधारमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा कलकत्ता घर भई हाल काठमाडौं महानगरपालिका–२२ मा बसोबास गर्दै आएका ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा, र १६ वर्षीय सामुहिम सेख रहेका छन्।

Advertisement

उक्त समूहलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्युखा कृष्णचोकबाट जेठ २६ गते पक्राउ गरेको हो।

Advertisement

प्रहरीका अनुसार हरिवोर सेखले ‘मुन्ना जेम एन्ड ज्वेलर्स’ नामक पसल सञ्चालन गरी बिल भरपाई नभएका सुन, चाँदी र हिराका गहना बिक्री वितरण गरिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

हाल प्रहरी टोलीले उनीहरूविरुद्ध अवैध कारोबारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको जनाएको छ। बरामद गरगहनाको परीक्षण तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले यस किसिमको अवैध सुनचाँदी कारोबारमा संलग्न अन्य व्यक्तिहरुको पनि पहिचान तथा अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *