Categories समाचार

वीरगञ्जमा अव्यवस्थित तार हटाउने अभियान तीव्र, नगर सौन्दर्य र सुरक्षा दुवैमा सुधार

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडक छेउका विजुलीका पोलहरूमा झुण्डिएका अव्यवस्थित तारहरू हटाउने अभियान तीव्र बनाएको छ।

सञ्चार तथा विद्युत् सुरक्षाको दृष्टिले जोखिमपूर्ण अवस्थामा रहेका ती तारहरू महानगरपालिकाको विद्युत् शाखाले हटाएर संकलन गरिरहेको छ।

Advertisement

यस अभियानमार्फत सम्भावित आगलागीको जोखिम न्यून पार्नुका साथै विजुली सेवा भरपर्दो बनाउने र शहरी सौन्दर्यमा सुधार ल्याउने लक्ष्य लिइएको छ। संकलित तारहरू सुरक्षित रूपमा महानगरपालिकामा राखिएको जानकारी प्राप्त भएको छ।

Advertisement

नगर सुधार तथा जनसुरक्षालाई प्राथमिकता दिँदै यो कार्य महानगर प्रमुख राजेशमान सिंह र प्रमुख प्रशासनिक अधिकृत अरविन्दलाल कर्णको निर्देशनमा अगाडि बढाइएको हो।

महानगर प्रमुख सिंहले वीरगञ्जलाई सुरक्षित, सुन्दर र व्यवस्थित बनाउने अभियान अन्तर्गत यस्तो प्रयास गरिएको बताए। प्रमुख प्रशासनिक अधिकृत कर्णले पनि यस्ता कार्यहरू नगरको दीर्घकालीन समृद्धिको आधार हुने विश्वास व्यक्त गरेका छन्।

स्थानीयवासीले महानगरको यो प्रयासलाई सराहना गर्दै आगामी दिनमा यस्ता सुधारात्मक कामलाई निरन्तरता दिन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *