Categories अन्तर्राष्ट्रिय

एयर इण्डियाको विमान दुर्घटनास्थलबाट १०० बढि शव निकालियो

Advertisement

काठमाडौं । भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।दुर्घटनाग्रस्त विमान चिकित्सहरू बस्‍ने आवासमाथि खसेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । जसमा ५२ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्‍चार माध्यमहरूले उल्लेख गरेको छ । यस्तै पोर्चुगलका ६ जना नागरिक रहेको समेत भारतीय सञ्‍चारमाध्यले जनाएको छ ।

Advertisement

भारतीय मिडियाहरूका दुर्घटनाग्रस्त विमानबाट एक सय शव निकालेको दाबी गरेका छन् । भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *