Categories समाचार

मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा भ्रष्टाचार आरोपमा पक्राउ

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशसभा सांसद सरोज सिंह कुशवाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियारले उनलाई शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रबाट पक्राउ गरेको हो।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेशसभामा निर्वाचित कुशवाहाको घरमा अख्तियारले यसअघि १२ जेठमा छापा मारेको थियो। सो छापामारीको क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई पनि पक्राउ गरिएको थियो।

Advertisement

छापा मार्ने क्रममा अनुसन्धान टोलीले विभिन्न योजनासँग सम्बन्धित कागजातहरू बरामद गरेको थियो भने केही मोबाइल फोनहरू समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको थियो।

Advertisement

अख्तियारले सांसद कुशवाहामाथि सार्वजनिक पदको दुरुपयोग गर्दै अनियमितता गरेको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ। आयोगले पछिल्लो समय प्रदेशस्तरीय योजनामा देखिएको अनियमितता र शक्ति दुरुपयोगका घटनामाथि कडा निगरानी गरिरहेको छ।

यसै घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ। सांसद कुशवाहाले आफू निर्दोष रहेको दाबी गर्दै आएको भए पनि अख्तियारले ठोस प्रमाणका आधारमा कारबाही अघि बढाएको बताएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *