Categories समाचार

सशस्त्र प्रहरीद्वारा बीरगञ्जमा १३ लाख बराबरको अवैध सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल बीरगञ्जबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल ल्याउँदै गरिएको करिब १३ लाख ४४ हजार २० रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

उक्त गुल्मको टोलीले बीरगञ्ज महानगरपालिका–१६, नगवा गाउँस्थित डम्पिङ साइट नजिकैबाट भन्सार छली गरी पाँचवटा साइकलमार्फत ल्याइँदै गरेको अनुमानित रु. ७ लाख ६७ हजार ९ सय बराबरको कपडा र साइकल बरामद गरेको हो। साथै, ती सामान ओसारपसारमा प्रयोग गरिएको ना. १६ प ६२७५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। उक्त मोटरसाइकलको भन्सार मूल्याङ्कन रु. १ लाख ५० हजार गरिएको छ।

Advertisement

त्यसैगरी आजै(बिहीबार) गुल्मको अर्को टोलीले बीरगञ्ज महानगरपालिका–१६ का विभिन्न सीमावर्ती नाकाबाट अवैध रूपमा लुकाई छिपाई नेपालतर्फ ल्याइँदै गरेका विभिन्न सवारीसाधनमा लोड गरिएका इलेक्ट्रोनिक सामाग्रीसहित अन्य वस्तुहरू पनि बरामद गरेको छ। ती सामग्रीको अनुमानित मूल्य रु. ४ लाख २६ हजार १ सय २० रहेको छ।

Advertisement

बरामद गरिएका सम्पूर्ण वस्तुहरू आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *