Categories समाचार

वीरगञ्जमा सवारी दुर्घटना : दुई युवाको मृत्यु, एक गम्भीर घाइते

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चोकमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ झलमहिया निवासी २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँका २३ वर्षीय विजय यादव रहेका छन्।

Advertisement

शुक्रबार बिहान करिब ५ बजे बिग्रिएर सडकको छेउमा रोकिने क्रममा राखिएको भारतीय नम्बर प्लेटको ट्रक (एचआर ५५ के ३९७१) मा सिर्सिया बाट ड्राइपोर्टतर्फ गइरहेको प्रदेश ३ को मोटरसाइकल (बा.प्र. ०३–००४ प ८६१२) पछाडिबाट ठोक्किँदा दुर्घटना भएको थियो।

मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका थिए। उपचारका लागि नारायणी अस्पताल लगिएकोमा रामाकान्त यादव र विजय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।

घाइते अर्का युवक २२ वर्षीय विजयकुमार यादवको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

दुर्घटनापछि ट्रक चालक फरार भएका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *