Categories अन्तर्राष्ट्रिय

अहमदाबाद विमान दुर्घटनामा २४१ जनाको मृत्यु, एकको उपचार हुँदै

Advertisement

काठमाडौं l २४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि भएको छ।

एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो उडान नम्बर एआई १७१ मा रहेका २४२ जना यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि गरेको हो । मृतकहरूमा २४१ यात्रु र चालक दलका सदस्यहरू समावेश छन्।

Advertisement

केवल एक जना जीवित यात्रुको अस्पतालमा उपचार भइरहेको छ। विमान दुर्घटनामा बाँचेका एक यात्रु भारतीय मूलका बेलायती नागरिक हुन्। एयर इन्डियाले यात्रुहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक रहेको बताएको छ ।

गुजरातस्थित अहमदाबादमा बिहीबार दिउँसो २४२ यात्रु बोकेर लण्डन जाँदै गरेको एअर इण्डियाको विमान टेकअफकै क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *