Categories समाचार

सिमराबाट १३ लाख रुपैयाँसहित वीरगन्जका एक युवक पक्राउ, हुण्डी कारोबारको आशंका

Advertisement

बारा । बाराको सिमराबाट प्रहरीले स्रोत खुल्न नसकेको ठूलो रकमसहित एक युवकलाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका–१६ निवासी २० वर्षीय सुरज कुशवाहा १३ लाखभन्दा बढी नगदसहित पक्राउ परेका हुन्।

Advertisement

सिमरा चोकबाट सिमरा विमानस्थलतर्फ जाँदै गरेका कुशवाहालाई प्रहरी टोलीले शङ्कास्पद गतिविधिका आधारमा रोकेको थियो।

Advertisement

खानतलासीका क्रममा उनको झोलामा नगद १३ लाख ७ हजार ५ सय रुपैयाँ फेला परेको बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार झोलामा एक हजार दरका १,०६७ थान, पाँच सय दरका ४८० थान, र एक सय दरका ५ थान नोट बरामद गरिएको छ।

बरामद रकमको वैधानिक स्रोत खुलाउन नसकेको भन्दै कुशवाहालाई रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले कुशवाहाको साथबाट विभिन्न व्यवसायिक बिल, भौचर, र वीरगन्जस्थित सागर मनि ट्रान्सफरको स्टाम्प समेत बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानको आधारमा यो रकम हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *