वीरगञ्ज । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने देखिएकाले वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप ६ दिन गर्मी विदा दिने निर्णय गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाद्वारा जारी सूचनामा भनिएको छ कि २०८२ साल असार १ गतेदेखि असार ६ गतेसम्म विद्यालय बन्द रहनेछ।
यो अवधिमा नगर भित्रका सबै विद्यालयमा पठनपाठन स्थगित रहनेछ।
साथै, सम्पूर्ण विद्यालय प्रशासनलाई सूचना जानकारी गराई कार्यान्वयन गर्न महानगरले अनुरोध गरेको छ।







