Categories समाचार

सशस्त्र प्रहरीद्वारा प्रतिबन्धित कुखुराका चल्ला नष्ट, एक व्यक्ति र मोटरसाइकल भन्सार दाखिला

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल पर्साबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भित्र्याइएको प्रतिबन्धित ब्रोईलर कुखुराका २४ काटुन (कुल २४०० गोटा चल्ला) नियन्त्रणमा लिई नष्ट गरेको छ।

टोलीले पर्सा जिल्लाको धोबिनी गाउँपालिका–१, घोडदौड क्षेत्रमा भारतीय नम्बर प्लेट रहेको मोटरसाइकलमार्फत ल्याइँदै गरेको चल्ला नियन्त्रणमा लिएको थियो।

Advertisement

नियन्त्रणमा लिएको कुखुराका चल्लालाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Advertisement

यस अवैध कार्यमा संलग्न पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका–२, जानकीटोल बस्ने अन्दाजी ४५ वर्षीय नवि देवानलाई नियन्त्रणमा लिई प्रयोग गरिएको मोटरसाइकलसहित वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *