Categories समाचार

प्रसौनी गाउँपालिकाको १७औं गाउँ सभा सम्पन्न, ४१ करोड १ लाखको बजेट सार्वजनिक

Advertisement

वीरगन्ज । प्रसौनी गाउँपालिका, बारामा सोमबार १७औं गाउँ सभा अधिवेशन सम्पन्न भएको छ। गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न उक्त अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।

गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर साहसहित स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी र स्थानीयवासीको सहभागिता रहेको थियो।

Advertisement

सभामा ४१ करोड १ लाख रुपैयाँको कुल बजेट प्रस्तुत गरिएको हो।

Advertisement

सभामा अध्यक्ष जैसवालले नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सुझाव र सहयोग गर्ने आम नागरिक, स्थानीय प्रतिनिधिहरू, शिक्षक, कर्मचारी, तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै नीति कार्यान्वयनमा निरन्तर साथ–सहयोग रहने अपेक्षा व्यक्त गरे।

गाउँसभा समापनसँगै आगामी आर्थिक वर्षका प्राथमिकता, कार्यक्रम र बजेट कार्यान्वयनको चरणमा प्रवेश गरेको गाउँपालिकाले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *