Categories पत्रपत्रिका

आर्थिक गतिविधि बढ्न नसक्दा बैंकमै थुप्रियो पैसा

Advertisement

काठमाडौं : आर्थिक गतिविधि बढ्न नसक्दा बैंक तथा वित्तिय संस्थाहरूमा पैसा थुप्रिदै गएको छ । बैंक तथा वित्तिय संस्थाहरूले सस्तो व्याजदरमा कर्जा प्रवाह गर्दासमेत लगानीकर्ता बैंकको ऋण लिन चाहिरहेका छैनन् । 

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीका अनु्सार बैंकहरूको कर्जाको व्याजदर निकै कम हुँदासमेत ऋण लिन आउने संख्या निकै नै कम छ । ‘नयाँ व्यवसायीले लगानी गर्न खोजिरहेका छैनन् ।

Advertisement

भएका पुराना व्यवसायीमा पनि लगानी विस्तार गर्न नचाहँदा बैंकमा पैसा थुप्रिएको छ’, उनले भने, ‘बैंकहरूले अहिले छोटो समयका लागि ७ प्रतिशत भन्दा कम ब्याजदरमा बैंकहरूले कर्जा दिइरहेका छन् । तर कर्जाको माग कम हुँदा बैंक तथा वित्तिय संस्थासँग करिब ७ खर्ब कर्जा प्रवाह हुन सक्ने रकम थुप्रिएर बसेको छ ।’ 

Advertisement

विकास बैक तथा फाइनान्स कम्पनीहरूलेसमेत अहिले एकल अंकको व्याजदरमा ऋण दिइरहेको अवस्था छ । बैंकमा पैसा थुप्रिदा बैंक तथा वित्तिय संस्थाले निकै कम ब्याजदरमा ऋण दिइरहेका छन् । बैकहरूसँग अहिले निक्षेप संकलन भएको पैसालाई व्यवस्थापन गर्न कठिन भइरहेको बैंकरहरू बताउँछन् । यस्तै बैंक तथा वित्तिय संस्थामा तरलता धेरै भएपछि त्यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले १ असारमा ४२ दिनका लागि ४० अर्ब निक्षेप संकलन गरेको छ । 

यसरी बैंकबाट राष्ट्र बैंकले ४ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरिसकेको छ । राष्ट्र बैकका प्रवक्ता किरण पण्डितले पछिल्लो समय कर्जाको माग बिस्तारै बढ्दै गएको बताउँछन् । उनले भने ‘राष्ट्र बैक अहिले मौद्रिक नीतिको तयारीमा छ । हामीले १० असारसम्म सुझावको माग गरेका छौं । बजारमा कसरी पैसा पठाउने, व्याजदर कम हुँदा कर्जाको माग कसरी बढाउने तर्फ केन्द्रित भएर मौद्रिक नीतिमा आएका सुझाव अनुसार राष्ट्र बैंक अगाडि बढ्छ ।’

स्वदेशमा लगानी गर्नेभन्दा विदेश जाने युवा पुस्तामा देखिएको मोहले आन्तरिक अर्थतन्त्र चलायनमान मै असर परिरहेको छ । अहिले पैसा जति बैंकमा थुपिँ्रदा बजार र आम मानिसको हातमा पैसा नै छैन । त्यसैले बजार चलायमान नभएको अर्थशास्त्री डा। रघुवीर विष्ट बताउँछन् । 

बैंक तथा वित्तिय संस्थामा दिनहँु निक्षेप संकलन बढ्ने तर कर्जाको माग बढ्न नसक्दा बैंकमा दैनिक रूपमै पैसा थुप्रिदै गएको बैकरहरू बताउँछन् । रेमिट्यान्स अप्रवाहमा आएको निरन्तर सुधार र उपभोगमा आएको कमीले अधिक तरलता समस्या देखिएको हो । 

चालु आवको वैशाखसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने वैशाखमा मात्रै रेमिटान्स १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ आएको छ । रेमिट्यान्स बढ्दा बैंक तथा वित्तिय संस्थामा पैसा थुप्रिएको हो । रेमिट्यान्स निरन्तर बढेपनि उपभोग र कर्जामा लगानी नहुँदा बैकिङ प्रणाली मै रकम थुप्रिएको हो । 

ब्याजदर घट्दा पनि ऋण माग नबढ्नु पछाडि लगानी वातावरणमा रहेको अन्योल, राजनीतिक अस्थिरता, महँगी र बजारको कमजोर उपभोग क्षमता मुख्य कारणका रूपमा देखिएको छ । उद्योगी व्यवसायीहरू पनि अझै सतर्क देखिन्छन् । नयाँ योजना ल्याउनुभन्दा चालु सञ्चालन धान्नमै केन्द्रित देखिन्छन् ।

बैङ्क तथा वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्न नसक्दा कम ब्याजदरमै निक्षेप थुप्रिने अवस्था बनेको छ । यसले बैङ्कको नाफा पनि घटाउने खतरा बढाएको छ । ‘ब्याज घट्दा ऋण तिर्नेहरूको चासो त बढेको छ तर नयाँ ऋण लिनेहरू आउन अझै हिचकिचाइरहेका छन्,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

बैंकर्सहरूका अनुसार ठुला आयोजना सञ्चालन, पूर्वाधार विकास र निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि नभएसम्म कर्जा प्रवाहमा उल्लेख्य सुधार नआउने देखिन्छ । यसका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्दै लगानीमैत्री वातावरण बनाउनु आवश्यक देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *