Categories समाचार समाज

धोबिनीमा चट्याङबाट घरमा आगलागी, पीडितलाई कपडा र खाद्यान्न सहयोगको अपील

धोबिनी । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ स्थित एक घरमा आइतबार बिहान चट्याङ परेको कारण आगलागी भई सम्पूर्ण घर पूर्ण रूपमा नष्ट भएको छ।

चट्याङले स्थानीयवासीको फुसको घरमा आगो लाग्दा घर, लत्ता–कपडा, नगद, गहना र खाद्यान्नसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीय स्रोतले जनाएको छ।

Advertisement

पीडित परिवार अहिले अत्यन्त कठिन परिस्थितिमा रहेका छन्। यस्तो दुखद घडीमा बीरगंज कपडा बैंकका तर्फबाट सचिव कन्हैया पटेलले सबैलाई मानविय आधारमा सहयोग गर्न अपील गरेका छन्।

Advertisement

“घरमा भएको सम्पूर्ण सामग्री जलेर नष्ट भएकोले पीडित परिवारलाई तत्काल आवश्यक पर्ने लत्ता–कपडा र खाद्यान्न सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछु,” सचिव पटेलले भने।

सहयोग गर्न चाहने महानुभावहरुले लत्ता–कपडा, खाद्यान्न वा नगद स्वरूपमा सहयोग उपलब्ध गराउन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *