Categories समाचार

योग दिवसको अवसरमा वीरगञ्जमा तीन दिने निःशुल्क योग सत्र सुरु

Advertisement

वीरगञ्ज । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर वीरगञ्जमा तीन दिने निःशुल्क योग सत्रको सुरु गरिएको छ। अग्रवाल महिला मञ्च र मारवाडी युवा मञ्च वीरगञ्जको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम असार ६ गतेसम्म सञ्चालन हुनेछ।

प्रत्येक बिहान साढे ५ बजेदेखि ७ बजेसम्म वीरगञ्जस्थित टाउन हलमा सञ्चालन भइरहेको योग सत्रमा पतञ्जलि योग समिति पर्साको प्राविधिक सहयोग रहेको छ। “योग से सह अस्तित्व की भावना” भन्ने नारासहित सुरु गरिएको कार्यक्रमले व्यक्तिगत र सामाजिक जीवनमा योगको महत्वलाई उजागर गर्ने लक्ष्य राखिएको छ।

Advertisement

आयोजकका अनुसार तीन दिनको अवधिमा योग अभ्यास, ध्यान विधि, प्राणायाम (श्वासप्रश्वास नियन्त्रण) लगायतका गतिविधिहरू समावेश गरिनेछन्।

Advertisement

शारीरिक, मानसिक तथा आध्यात्मिक सन्तुलनमार्फत सन्तुलित जीवन यापनतर्फ सहभागीहरूलाई प्रेरित गर्ने उद्देश्य रहेको आयोजकले जनाएका छन्।

कार्यक्रममा अग्रवाल महिला मञ्चकी अध्यक्ष नूतन सरावगी, उपाध्यक्ष कविता खेतान, सचिव श्वेता गुप्ता, कोषाध्यक्ष नैन्सी अग्रवाल, मीरा खेतान र रेनु अग्रवाल लगायतको विशेष भूमिका रहेको छ।

सार्वजनिक हितलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रममार्फत स्थानीय समुदायमा योगप्रतिको जागरण र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *