Categories समाचार

नगवाका समाजिक युवा नेताहरू जनमत पार्टीमा प्रवेश

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १६ (नगवा) का सक्रिय समाजिक युवा तथा नगवा युवा समाजका पूर्व अध्यक्ष किरण चौरसिया र अनिल यादव आज एक कार्यक्रमका बीच जनमत पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

उनीहरूलाई मधेस प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिश कुमार सिंहले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्।

Advertisement

नवप्रवेशी युवा नेताहरूले जनमत पार्टीको सशक्त नेतृत्व र मुख्यमन्त्री सिंहको प्रभावकारी कार्यशैलीबाट प्रभावित भई पार्टीमा आबद्ध भएको बताएका छन्।

Advertisement

युवा नेताहरूको आगमनले मधेस आन्दोलनको केन्द्र मानिने नगवा क्षेत्रमा जनमत पार्टी थप सशक्त बन्ने विश्वास जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले व्यक्त गरे। अध्यक्ष सरार्फले छिट्टै नगवामा बृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गरिने जानकारी समेत दिए।

उक्त कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ तथा महानगर अध्यक्ष महादेव शर्माको समेत उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *