Categories समाचार

१३ वर्षीया बालिका तिन लाख रुपैयाँमा बिक्री, जबरजस्ती विवाह गरिएको खुलासा

Advertisement

पर्सा । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा एक हृदयविदारक घटना बाहिर आएको छ। त्यहाँकी १३ वर्षीया नाबालिग बालिका भारतको बिहार राज्यका एक ५० वर्षीय पुरुषसँग जबरजस्ती विवाह गरिएकी छन्। गाउँलेका अनुसार बालिकालाई तीन लाख भारतीय रुपैयाँमा बिक्री गरिएको थियो।

उक्त विवाह जेठ २४ गते भारतको सुगौली नजिकैको सुधाव टोलमा गरिएको हो। विवाह गरिएका पुरुषको पृष्ठभूमि निकै डर लाग्दो देखिएको छ—उनले यसअघि आफ्नै पहिलो पत्नीको हत्या गरिसकेको र अर्को नाबालिग बालिकाको जीवन पनि तहसनहस बनाएको खुलासा भएको छ।

Advertisement

बालिकाका हजुरबुवाले यस घटनाको उजुरी इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गराएका छन्। उजुरीमा बालविवाह, मानव बेचबिखन र जबरजस्ती विवाहजस्ता संगीन मुद्दाहरू उल्लेख छन्। उनीहरूले दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग समेत गरेका छन्।

Advertisement

यता बालिकाका बाबुआमाले भने गरिबीका कारण यस्तो निर्णय गर्नुपरेको भन्दै आफूहरूलाई दोष नदिन अनुरोध गर्दै गाउँमा स्पष्टीकरण दिइरहेका छन्।

जानकारी अनुसार भारतका दुलहाका पोखरियामै रहेका नातेदारहरूले विवाहको सबै प्रक्रिया मिलाएका थिए। यही कारण घटना लुकाइछिपाइ गरिएको आशंका गरिएको छ।

घटनाबारे प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिइसकिएको जानकारी दिएका छन्। उनले दोषीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भइसकेको बताए।

मानव अधिकारकर्मीहरूले घटनालाई अमानवीय र अपराधको पराकाष्टा भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। बालिकाको सुरक्षाको माग गर्दै उनीहरूले यस घटनाले समाजमै गहिरो असर पार्ने चेतावनी पनि दिएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *