Categories समाचार

एक किलो अफिमसहित पर्सामा चार जना पक्राउ

Advertisement

पर्सा l लागुऔषध ओसारपसारमा संलग्न चार जनालाई एक किलो अफिमसहित पर्सामा प्रहरीले पक्राउ गरेको छ। मधेस प्रदेश अन्तर्गत पर्ने पर्साको वीरगन्ज महानगरपालिका–१० स्थित रजत जयन्ती चोकमा मोटरसाइकलमा अफिम बोकेर आएका उनीहरूलाई मङ्गलवार दिउँसो नियन्त्रणमा लिइएको हो।

Advertisement

पक्राउ पर्नेहरूमा पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–१ का ४० वर्षीय विनोद गिरी, वडा नम्बर ५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षीय रामेश्वर राउत रहेका छन्।

Advertisement

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू ना४६प २५४० र ना४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार थिए। लागुऔषध नियन्त्रण ब्युरो पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त टोलीले उनीहरूलाई विशेष सुराकीका आधारमा पक्राउ गरेको हो। मोटरसाइकलमा सवार ती व्यक्तिहरूले बोकेको प्लास्टिकको झोलामा बेरिएको बोरा जाँच गर्दा एक किलो अफिम फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार चारै जनालाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखिएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरोमा पठाइएको छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरू लामो समयदेखि अफिम ओसारपसारमा संलग्न रहेको हुनसक्ने आशङ्का गरिएको छ।

लागुऔषध नियन्त्रण ऐन अनुसार अफिमको कारोबारलाई गम्भीर अपराधको रूपमा लिने गरिन्छ। अफिमजस्तो कडा पदार्थको ओसारपसार र कारोबारमा संलग्न पाइएका दोषीलाई १० वर्षदेखि १५ वर्षसम्म कैद सजाय र जरिवाना हुने कानुनी व्यवस्था छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *