Categories स्वास्थ्य

वीरगञ्जमा तीन दिने निःशुल्क योग सत्रको दोस्रो दिन सम्पन्न

Advertisement

वीरगञ्ज । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर वीरगञ्जमा जारी तीन दिने निःशुल्क योग सत्रको दोस्रो दिन बिहीबार सम्पन्न भएको छ। अग्रवाल महिला मञ्च र मारवाडी युवा मञ्च वीरगञ्जको संयुक्त आयोजनामा सञ्चालित उक्त कार्यक्रम शुक्रबारसम्म चल्नेछ।

प्रत्येक बिहान साढे ५ बजेदेखि ७ बजेसम्म वीरगञ्जस्थित टाउन हलमा सञ्चालन भइरहेको योग सत्रमा पतञ्जलि योग समिति पर्साको प्राविधिक सहयोग रहेको छ।

Advertisement

“योग से सह अस्तित्व की भावना” भन्ने नारासहित सुरु गरिएको कार्यक्रमले व्यक्तिगत तथा सामाजिक जीवनमा योगको महत्वलाई उजागर गर्ने लक्ष्य लिएको आयोजक संस्थाहरूले जनाएका छन्।

Advertisement

तीन दिनसम्म सञ्चालन हुने योग सत्रमा योग अभ्यास, ध्यान विधि, प्राणायाम (श्वासप्रश्वास नियन्त्रण) लगायतका गतिविधिहरू समावेश गरिनेछ। शारीरिक, मानसिक तथा आध्यात्मिक सन्तुलनमार्फत सन्तुलित जीवनशैलीतर्फ सहभागीहरूलाई अभिप्रेरित गर्ने उद्देश्य राखिएको आयोजकको भनाइ छ।

कार्यक्रमको सफल सञ्चालनमा अग्रवाल महिला मञ्चकी अध्यक्ष नूतन सरावगीसहित उपाध्यक्ष कविता खेतान, सचिव श्वेता गुप्ता, कोषाध्यक्ष नैन्सी अग्रवाल, मीरा खेतान र रेनु अग्रवालको विशेष भूमिका रहेको छ।

सार्वजनिक हितलाई केन्द्रमा राखेर आयोजना गरिएको यो कार्यक्रममार्फत स्थानीय समुदायमा योगप्रतिको जागरूकता अभिवृद्धि हुने र जीवनशैलीमा सकारात्मक परिवर्तन आउने आयोजकको अपेक्षा रहेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *