Categories हाइलाइट-समाचार

गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

Advertisement

सिरहा । सिरहाको गोलबजारमा एक १७ वर्षीया युवतीले युवकमाथि डेरामै पुगेर छुरा प्रहार गरेकी छन् । प्रेम सम्बन्धमा रहेका दुबै जनाबीचको विवादपछि घटनाको रुप लिएको बताइएको छ ।

Advertisement

गोलबजार नगरपालिका–४ मा डेरा लिएर बस्दै आएका २४ वर्षीय अशोक कुमार महतोमाथि सोही नगरपालिकाको वडा नम्बर २ की किशोरीले घाँटीमा तरकारी काट्ने छुरा प्रहार गरेकी हुन् । घटना आज साँझतिर भएको हो ।

Advertisement

महतोको घाँटीमा छुरा लागेको र अवस्था गम्भीर रहेकाले उनलाई तत्कालै उपचारका लागि गोलबजारकै भुमिजा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

सिरहा प्रहरीका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार घटनापछि युवतीलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार आपसी प्रेम सम्बन्धबाट उत्पन्न विवादकै कारण घटना भएको हुन सक्ने आशंका गरिएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *