Categories समाचार स्वास्थ्य

वीरगञ्ज सिटी मार्केट परिवारद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

Advertisement

वीरगञ्ज । ‘कोही पनि रगतको अभावमा मृत्युवरण गर्न नपरोस्’ भन्ने उद्देश्यले वीरगञ्ज सिटी मार्केट परिवारको आयोजनामा शनिबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

वीरगञ्ज घण्टाघरस्थित रोयल पार्टी प्यालेसमा बिहान भएको कार्यक्रममा पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्र प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले रक्तदानजस्तो मानवीय कार्य समाज परिवर्तनको उदाहरणीय पहल भएको बताउँदै आयोजक टोलीलाई धन्यवाद दिनुभयो।

Advertisement

कार्यक्रमको सफल संयोजन सामाजिक अभियन्ता विक्की सर्राफले गर्नुभएको थियो। उहाँले रगत अभावका कारण कसैको पनि ज्यान जान नदिनुपर्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो।

Advertisement

कार्यक्रममा एक महिला सहित ५१ जनाले स्वेच्छिक रूपमा रगतदान गरेका थिए। सहभागी सबैलाई प्रमाण–पत्र प्रदान गरी सम्मान गरिएको थियो।

रक्तदान अभियानमा उल्लेखनीय भूमिका खेल्ने पिन्टु रौनियार लगायतको टिम, स्वयंसेवक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समेत सक्रिय सहयोग रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागिता जनाएका सम्पूर्णप्रति आयोजक संस्थाले आभार प्रकट गर्दै रक्त अभावजस्ता संकट समाधानका लागि सामूहिक प्रयास आवश्यक भएको धारणा राखेको छ।

वीरगञ्ज सिटी मार्केट परिवारले यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *