Categories समाचार

मसिहानीमा पानी तान्ने मोटर तथा चापाकल सामग्री सहयोग

वीरगन्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–५ मसिहानीस्थित गण्डक नहरको छेउमा रहेको मुख्य चौकमा विगत धेरै वर्षदेखि जडान गरिएको पानी टंकी तथा चापाकल हाल बिग्रिएको अवस्थामा रहेको छ।

केही दिन यता पानी तान्ने मोटर बिग्रिएपछि तथा चापाकलका केही पार्टपुर्जा टुटेपछि यो प्रणाली अव्यवस्थित बनेको स्थानीयले बताएका छन्।

Advertisement

समयमै मर्मत नहुँदा टंकी प्रयोगविहीन अवस्थामा पुगेको हो। यस स्थितिलाई मध्यनजर गर्दै स्थानियवासी पुनः पूर्ववत् रूपमा सुविधा लिन सकून् भन्ने उद्देश्यले जगरनाथपुर गाउँपालिकाका मेयर पदका प्रत्याशी ब्रजेश्वर प्रसाद चौधरीले एक थान पानी तान्ने मोटर र चापाकलका आवश्यक केही सामग्री सहयोग स्वरूप प्रदान गरेका छन्।

Advertisement

चौधरीद्वारा प्राप्त यस सहयोगप्रति स्थानीयवासीले खुसी व्यक्त गर्दै हार्दिक धन्यवाद अर्पण गरेका छन्।

स्थानीयको सक्रियतामा गरिएको यो पहलले गाउँमा खानेपानीको समस्या समाधानमा टेवा पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *