Categories अन्तर्राष्ट्रिय

इरान हमलापछि अमेरिकाका ठुला सहर हाई अलर्टमा

Advertisement

वासिङ्टन डीसी l इरानका परमाणु स्थलमा हवाई आक्रमणपछि अमेरिकाले उच्च सतर्कता अपनाएको छ । शनिबार राति भएको हमलाको जवाफमा इरानले अमेरिकामाथि गर्ने आक्रमणको डर अमेरिकीहरूसम्म पुगेको छ ।

फक्स न्यूज, न्यूयोर्क टाइम्स लगायत स्थानीय पत्रिकाहरूमा छापिएका खबरका अनुसार इरानले आफ्नो नौसेना शक्तिले होर्मुजको जलडमरूम बन्द गर्ने लगायत धेरै तरिकाले बदला लिन सक्छ भन्ने अमेरिकी गुप्तचर एजेन्सीहरूले चेतावनी दिएका छन् ।

Advertisement

यो चेतावनीपछि न्यूयोर्कको प्रहरी विभागले एक्समा एउटा पोस्टमा सतर्कता अपनाउँदै न्यूयोर्कका धार्मिक, सांस्कृतिक र कूटनीतिक स्थलहरूमा अतिरिक्त सुरक्षा बढाइएको बताएको छ ।

Advertisement

वासिङ्टन डीसी, लस एन्जलस र सान फ्रान्सिस्को जस्ता प्रमुख अमेरिकी सहरहरूमा हाई अलर्ट घोषणा गरिएको छ । विमानस्थल, सैन्य अड्डा र सार्वजनिक स्थानहरूमा सुरक्षा बढाइएको पनि खबर आएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *