Categories साहित्य

सागर उदासको शब्द, दीपक लिम्बुको स्वरमा नयाँ गीत सार्वजनिक

Advertisement

दमौली l दमौली निवासी सफल व्यवसायी तथा वरिष्ठ साहित्यकार सागर उदासको शब्दमा तयार गरिएको गीतको म्युजिक भिडियो एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ।

गीतमा चर्चित संगीतकार राजेश थापाको संगीत रहेको छ भने स्वर प्रसिद्ध गायक दीपक लिम्बुले दिएका छन्।

Advertisement

ब्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

Advertisement

उक्त कार्यक्रममा स्थानीय कलाकार, साहित्यकार, सञ्चारकर्मी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख दरैले गीतको शब्द, संगीत र स्वर तीनै पक्ष उत्कृष्ट रहेको बताउँदै सागर उदासको साहित्यिक तथा सांगीतिक यात्रामा सफलताको शुभकामना व्यक्त गरिन्।

गीतको म्युजिक भिडियोमा समसामयिक सामाजिक सन्देश समेटिएको र दर्शक–स्रोतालाई भावनात्मक रूपमा छुने विश्वास गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *