Categories अर्थ

भारतबाट अवैध रूपमा ३ लाख ३० हजार रुपैयाँ ल्याउँदै गरेका व्यक्ति वीरगञ्जमा पक्राउ

Advertisement

वीरगञ्ज । भारतबाट अवैध रूपमा नेपाली रुपैयाँ ल्याउँदै गरेका एक जना पुरुषलाई पर्सा प्रहरीले ३ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्यको मोतिहारी जिल्ला, रक्सौल वडा नं. १७ का ५० वर्षीय प्रभु साह रहेका छन्।

उनी वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोक नजिकैबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय मातहतको ईनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा साइकलमा सवार भई नेपालतर्फ आउँदै गरेका साहलाई रोकी जाँच गर्दा ठूलो परिमाणमा नगद भेटिएको हो।

Advertisement

उनको साथबाट १ हजार दरका ३ सय २८ थान नोट र १ सय दरका २० थान नोट गरी कुल ३ लाख ३० हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बरामद रकमको वैधानिक स्रोत नदेखिएकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी गराए ।

Advertisement

प्रहरीका अनुसार साहलाई नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा २५७ (क) अनुसार मुद्रासम्बन्धी कसूर (हुण्डी कारोबार गर्न नहुने) अन्तर्गत अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद लिइएको छ।

पर्सा प्रहरीले हाल घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *