Categories समाचार

भोजपुरी भाषा प्रवर्द्धनमा वीरगञ्ज महानगरको पहल : अन्तर्राष्ट्रिय भोजपुरी सम्मेलनको घोषणा

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्दै भोजपुरी भाषा, साहित्य र संस्कृति संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने स्पष्ट नीति घोषणा गरेको छ।

नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर राजेशमान सिंहले वीरगञ्जमा ‘अन्तर्राष्ट्रिय भोजपुरी सम्मेलन’ आयोजना गरिने जानकारी गराए।

Advertisement

उनले वीरगञ्जको मौलिकता र सांस्कृतिक पहिचानको रूपमा रहेको भोजपुरी भाषालाई स्थानीय तहको प्रमुख प्राथमिकतामा राख्दै यसको अध्ययन, अभिवृद्धि र अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महानगरको संकल्प दोहोर्याए।

Advertisement

उनका अनुसार सम्मेलनमार्फत भोजपुरी साहित्य, कला, संगीत र सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै विश्वमञ्चमा स्थापित गर्ने प्रयास हुनेछ।

वीरगञ्जलाई भोजपुरी भाषिक क्षेत्रको सांस्कृतिक राजधानीको रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित महानगरले यो कदम चालेको हो।

यसका अतिरिक्त प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, सरसफाइ, डिजिटल सेवा, पर्यटकीय स्थल संरक्षण, स्मार्ट कक्षा, ल्याब सेवा, सामुदायिक पुस्तकालय, संग्रहालय तथा आधुनिक पूर्वाधार निर्माणका योजनाहरू पनि समावेश छन्।

नगरसभामा उपमेयर इम्तियाज आलमले आयव्यय विवरण प्रस्तुत गरे भने मेयर सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *