Categories समाचार समाज

गहवामाई रथ यात्रा समितिको आह्वान : भोलि बिहान आकस्मिक रक्तदान कार्यक्रम

Advertisement

गहवामाई रथ यात्रा समितिद्वारा आकस्मिक रक्तदान : मानव सेवा र धार्मिक आस्थाको संयोजन

वीरगञ्ज । बढ्दो गर्मी र त्यसबाट उत्पन्न रगत अभावलाई सम्बोधन गर्न गहवामाई रथ यात्रा समिति तथा श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले संयुक्त रूपमा बुधबार (असार ११ गते) आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम वीरगञ्जको नेरेसो रक्तसञ्चार सेवा केन्द्र, पर्साको अपिललाई ध्यानमा राख्दै तथा रगतको चर्को अभाव पुरा गर्न आयोजित गरिएको हो। भोलि बिहान ७:१५ बजेबाट सुरु हुने कार्यक्रममा अधिकतम रक्तदाता र श्रद्धालुहरूको सहभागीता अपेक्षित गरिएको छ।

Advertisement

समितिले यही असार १३ गते शुक्रबार सम्पन्न हुने श्री गहवामाईको तेस्रो रथयात्रा–२०८२ को तयारी सँगै मानवीय सेवा र स्वास्थ्यजस्ता सामाजिक पक्षलाई पनि उच्च प्राथमिकतामा राख्दै यो कार्यक्रम ल्याएको बताएको छ।

Advertisement

समितिका अध्यक्षका अनुसार, “रथयात्रा केवल धार्मिक आयोजनामात्र नभई समाजसेवा र मानवीय कर्तव्यप्रति हाम्रो प्रतिबद्धताको प्रतीक हो।”

कार्यक्रमको सफलता तथा रगत संकलनमा भरपुर योगदानका लागि समितिले सम्पूर्ण भक्तजन, श्रद्धालु, युवा तथा आदरणीय रक्तदाताहरूलाई समयमै उपस्थित भई रक्तदान गरी मानव सेवा गर्ने पुनीत कार्यमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *