Categories समाचार

वीरगञ्ज महानगरको उज्यालो अभियान अन्तर्गत मुख्य सडकमा पोल र स्ट्रिट लाइट जडान

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘उज्यालो वीरगञ्ज’ अभियान अन्तर्गत घण्टाघरदेखि पावर हाउससम्मको मुख्य सडकको डीभाइडरबीच पोल र आधुनिक स्ट्रिट लाइट जडान गरेको छ।

सो कार्यपछि रातिको समयमा अँध्यारोमा डुब्ने मुख्य सडक अहिले उज्यालो भएर यात्रु र सर्वसाधारणका लागि सुरक्षित र सुगम बनेको छ।

Advertisement

विद्धुत शाखा प्रमुख राजिव उपाध्यायले यस योजनाबारे जानकारी दिँदै यसले वीरगञ्जको सडक सौन्दर्य थप्नुका साथै सुरक्षा अवस्था सुदृढ बनाएको बताए।

Advertisement

उनका अनुसार महानगरले यसअघि पनि धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थानहरू र गाउँ–शहरका मुख्य तथा शाखा सडकहरूमा उज्यालो ल्याउने कार्य गर्दै आएको छ।

नगर प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई स्मार्ट र सुरक्षित शहरको रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता अनुसार ‘उज्यालो वीरगञ्ज’ अभियान सशक्त रूपमा अघि बढाइएको उल्लेख गरे। उनले भने, “सहरको समग्र विकासका लागि आधारभूत पूर्वाधार सुदृढ पार्नु अपरिहार्य छ, र उज्यालो सहर निर्माण त्यसैको एक महत्वपूर्ण हिस्सा हो।”

सडकमा जडान गरिएको नयाँ लाइट प्रणालीले न केवल सुरक्षामा टेवा पुर्‍याएको छ, तर सहरको सुन्दरता र आधुनिकता पनि झल्किएको छ। महानगरले आगामी दिनमा पनि अन्य क्षेत्रहरूमा यस्ता योजनाहरू निरन्तरता दिने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *