Categories समाचार

भारतबाट ल्याइएको अबैध सामान भन्सार दाखिला, ६.६९ लाख रुपैयाँ बराबरको सामग्री बरामद

पर्सा । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा, प्राविधिक सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याई लुकाइराखिएको ठूलो परिमाणको सामान बरामद गरी भन्सारमा दाखिला गराएको छ।

बिशेष सूचनाका आधारमा असार १० गते वीरगञ्ज महानगरपालिका–१६, नगवा टोलस्थित रमुना सहनीको तीनतले पक्की घरको भुईँतलामा छापा मार्दा गोदाममा लुकाइ राखिएको विभिन्न प्रकारका सामानहरू फेला परेका हुन्।

Advertisement

बरामद गरिएको सामग्रीमा Chair Wheels, Revolving Chair, जिरा, सोफा कभर लगायतका सामान छन्, जसको अनुमानित बजार मूल्य रु. ५ लाख ५७ हजार ७ सय रहेको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement

साथै, ती सामग्री ढुवानीमा प्रयोग गरिएको १ थान मोटरसाइकल समेत बरामद गरिएको छ, जसको मूल्य रु. १ लाख १२ हजार अनुमान गरिएको छ।

कुल रु. ६ लाख ६९ हजार ७ सय बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रण गर्न थप निगरानी र कारबाहीको प्रक्रिया तीव्र बनाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *