Categories समाचार

खेल्दाखेल्दै सेप्टिक ट्यांकीमा खसेर दुई नाबालकको मृत्यु

Advertisement

काठमाडौं l रौतहटको चन्द्रपुर नगरपालिका-१०,निबुवाटोलमा सेप्टिक ट्याङ्कीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।

घर आँगनमा सँगै खेलिरहेका दुई नाबालकको मङ्गलवार साँझ छिमेकीको शौचालयको सेप्टिक ट्याङ्कीमा खसेर मृत्यु भएको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मृत्यु हुनेमा स्थानीय गरिमा साहका दुई वर्षीय छोरा रञ्जे साह र जगदीश साहकी दुई वर्षीया छोरी खुम्बु साह रहेका छन् ।

Advertisement

साँझ घरनजिकै खेलिरहेका ती दुवै बालबालिका छिमेकी हृदय पासवानको घरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा अचानक खस्न पुगेका थिए । ट्याङ्कीको ढकनी खुला वा कमजोर रहेकाले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बालबालिका ट्याङ्कीमा खसेको थाहा पाउनासाथ परिवार र छिमेकीहरूले तत्कालै उनीहरूलाई बाहिर निकालेका थिए ।

उनीहरूलाई तत्काल उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूको प्रयासका बाबजुद दुवैलाई बचाउन सकिएन । अस्पतालले गए राति नै उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *