Categories समाचार

पर्सागढीका वडाध्यक्ष प्रहरीमाथि हातपात प्रयासको आरोपमा पक्राउ

वीरगञ्ज । पर्सा जिल्ला अदालत परिसरमा प्रहरीमाथि हातपात गर्न खोजेको आरोपमा पर्सागढी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नवलकिशोर साह कलवार पक्राउ परेका छन्।

बुधवार अदालतको सुरक्षामा खटिएका प्रहरीसँग वडाध्यक्ष कलवारको भनाभन भएपछि उनले हातपातको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

Advertisement

अदालत परिसरमा प्रवेश गर्ने क्रममा सामान्य चेकजाँचका क्रममा वडाध्यक्षले अनावश्यक वादविवाद गर्दै प्रहरीमाथि हात उठाउन खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।

Advertisement

हाल वडाध्यक्ष कलवारलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *