Categories समाचार

थाइल्याण्डको बैंक मेनेजर भन्दै ६२ लाख ठगी गर्ने २० वर्षीय मेहता पक्राउ

Advertisement

विराटनगर l  थाइल्याण्डको बैंकको मेनेजरको नक्कली परिचय दिँदै ६२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने एक युवकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहता हुन्। उनी कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल–भारत सीमा क्षेत्रमा लुकेर बसेको अवस्थामा मंगलबार साँझ पक्राउ परेका हुन्।

Advertisement

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मेहताले आफूलाई थाइल्याण्डको ‘एसआईएएम कमर्सियल बैंक’को मेनेजर भन्दै सामाजिक सञ्जालमार्फत ठगी गरेका थिए। “भनिडा सुवान” नामक फेसबुक एकाउन्टबाट ‘फुएङ भनिडा’ भन्दै सम्पर्क गर्ने व्यक्तिले एलेन आरबी शाही नामक व्यक्तिको बैंक खातामा अपुताली सम्पत्ति रहेको भन्दै त्यसमा पहुँच दिलाउने प्रलोभन देखाएर रकम संकलन गरेको खुलेको छ।

Advertisement

पीडित कुर्मराज शाहीले दिएको जाहेरीअनुसार मेहताले आफूलाई विश्वास दिलाई पटक–पटक गरी जम्मा ६२ लाख ७५ हजार २ सय रुपैयाँ आफ्नो खातामा ट्रान्सफर गर्न लगाएको पाइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *