Categories शिक्षा समाचार

शारदा माविमा प्राविधिक धार पुनः संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Advertisement

वीरगन्ज । श्री शारदा माध्यमिक विद्यालय वीरगन्ज–२४ द्वारा विद्यालयमा सञ्चालित प्राविधिक धार अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय पुनः संचालन गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयमा आयोजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य इदृस मियाँको अध्यक्षता, नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थ राज यादवको प्रमुख आतिथ्यता, सचिव विनोद गिरीको विशिष्ट आतिथ्यता तथा पूर्व प्रधानाध्यापक गोपिचन यादवको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

Advertisement

कार्यक्रममा विद्यालयका वर्तमान प्रधानाध्यापक अनिल वर्णवालले स्वागत मन्तव्य राख्दै कुनै हालतमा पनि प्राविधिक धार पुनः संचालन गरिने अठोट व्यक्त गरे।

Advertisement

उनका अनुसार विद्यालयले विगतमा, २०७३ सालमै सम्बन्धन प्राप्त गरी ३ वर्षे डिप्लोमा तह तथा १८ महिनाको प्रि-डिप्लोमा तह अन्तर्गत कृषि बाली विज्ञान (जेटिए) तथा पशु स्वास्थ्य (भिजेटिए) विषयमा अध्यापन सञ्चालन गर्दै आएको थियो। तर केही प्राविधिक कारणले सो अध्ययनक्रम केही समयका लागि स्थगन गरिएको थियो।

कार्यक्रममा संरक्षकको भूमिकामा वडा नं. २४ का अध्यक्ष विजय कुर्मी, वडा नं. २६ का अध्यक्ष शम्भु मिश्रा र वडा नं. २० का अध्यक्ष रामकिशोर सिंहले प्राविधिक धार पुनः संचालनका लागि आवश्यक सहयोग गर्ने सकारात्मक प्रतिबद्धता व्यक्त गरे।

विशिष्ट अतिथिको रुपमा व्यवस्थापन समितिका सदस्य श्याम सुन्दर कुशवाहा, सञ्चारकर्मी श्याम सर्राफ, आनन्द साह, कृष्ण यादवलगायत स्थानीय समाजसेवी, अग्रज, शिक्षा प्रेमी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त अन्तरक्रिया कार्यक्रमले विद्यालयमा प्राविधिक शिक्षा पुनः संचालन गर्न मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *