Categories समाचार

त्रिजुद्ध स्कुलस्थित दृष्टिविहीन छात्रावासमा एनआई कलेजद्वारा ल्यापटप सेट सहयोग

Advertisement

वीरगञ्ज । नेशनल इन्फोटेक कलेज (एनआई ) वीरगञ्जद्वारा त्रिजुद्ध स्कुलमा सञ्चालित दृष्टिविहीन छात्रावासमा अध्ययनरत विद्यार्थीहरूलाई एक थान ल्यापटप कम्प्युटर सेट सहयोग प्रदान गरिएको छ।

विद्यालय परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच एनआई कलेजका सञ्चालक मनिष सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छात्रावासका शिक्षक महेश साह कानु तथा विद्यार्थीहरूलाई उक्त कम्प्युटर सेट हस्तान्तरण गरेका हुन्।

Advertisement

कार्यक्रममा कलेज सञ्चालक मनिष सिंह दम्पती, युवा नेता सुधिर पटेल, त्रिजुद्ध स्कुलका प्रधानाध्यापक नवीन मिश्र, सामाजिक अभियन्ता तथा वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, इनोभेटिभ वीरगञ्जका अध्यक्ष कमल चौगाई, सञ्चारकर्मी कन्हैया पटेल, राज सर्राफ, अभिलाष गुप्ता लगायत विद्यालयका शिक्षक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै प्रजिअ अर्यालले सबै उद्यमी तथा व्यवसायीहरूलाई आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा, अनाथआश्रय, बिपन्न वर्ग लगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गर्दै एनआई कलेज तथा सञ्चालक सिंह दम्पतीलाई प्रशंसा व्यक्त गरे।

त्यसैगरी, कलेज सञ्चालक मनिष सिंहले विगतदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएको बताउँदै यसपटक दृष्टिविहीन विद्यार्थीहरूका लागि सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे। साथै, छात्रावासमा बसोबास गर्ने १३ जना विद्यार्थीहरूका लागि एक वर्ष पुग्ने कापी, कलम लगायत स्टेशनरी सामग्रीहरू थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

छात्रावासका शिक्षक महेश साह कानुले दृष्टिविहीन विद्यार्थीहरूलाई दया होइन, अधिकार र साथ चाहिएको उल्लेख गर्दै सामाजिक सोच परिवर्तनको आवश्यकता रहेको बताए। उनले सहयोगी एनआई कलेज परिवार र समन्वयकर्ताको भूमिकाका लागि हृदयदेखि आभार प्रकट गरे।

शिक्षाविद् मार्टिन मोक्तानको सहजीकरणमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले सुमधुर गीत प्रस्तुत गर्दै सहयोगप्रति खुशी व्यक्त गरे। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवीन मिश्रले विद्यार्थीहरूले कम्प्युटरको चाहना राखेको केही दिनमै सहयोग उपलब्ध गराएकोमा एनआई कलेज र प्रजिअ अर्यालप्रति विशेष आभार व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *