Categories पत्रपत्रिका

कोशीमा ट्रान्सफर्मर चोरीको आतंक : ३ महिनामा ६ वटा चोरी, प्राधिकरण हैरान

Advertisement

विराटनगर l पछिल्ला तीन महिनामा कोशी प्रदेशका तीन जिल्लामा नेपाल विद्युत् प्राधिकरणका ६ वटा ट्रान्सफर्मर चोरी भएपछि प्राधिकरण हैरान बनेको छ।

सुनसरी, झापा र मोरङ जिल्लामा भएका ती चोरी घटनामा संलग्न कसैको पहिचान नभएपछि प्राधिकरणको कोशी प्रदेश कार्यालय थप चिन्तित बनेको हो।

Advertisement

प्रदेश प्रमुख राजीवकुमार सिंहका अनुसार यी चोरी बस्तीविहीन तथा एकान्त क्षेत्रमा भएका छन्,जहाँ शाखा लाइन विस्तार गरेर ट्रान्सफर्मर जडान गरिएको थियो।

Advertisement

चोरीका सबै घटनामा ट्रान्सफर्मरको बाहिरी खोल छाडेर भित्रको तामा मात्रै निकालिएको पाइएका छन्। एक ट्रान्सफर्मरभित्र करिब १ सय केजी तामा हुने र तामा प्रतिकेजी दुई हजार रुपैयाँ पर्ने भएकाले ठुलो आर्थिक क्षति हुने गरेको सिंहको भनाइ छ।

चोरीमा विद्युत् र ट्रान्सफर्मरको प्रविधि सम्बन्धी ज्ञान भएका व्यक्तिको संलग्नता रहेको अनुमान गरिएको छ। साथै केही घटनामा भारतीय संलग्नताको आशङ्का पनि गरिएको छ। प्राधिकरणले कोशी प्रदेश प्रहरी कार्यालयमा चोरीको छानबिन तथा संलग्न पहिचान गरी कारबाही गर्न निवेदन दिइसकेको जनाएको छ।

  • वैशाख ३: मोरङको सुन्दरहरैंचा–२, जोगीहारे (५० केभिए)
  • वैशाख २०: ग्रामथान गाउँपालिका–५, झपटाटोल (५० केभिए)
  • जेठ २२: रङ्गेली नगरपालिका–७ (५० केभिए)
  • जेठ २३: रङ्गेली नगरपालिका–१, जिरायत टोल (१०० केभिए)
  • जेठ ३१: शिवसताक्षी–१, धरमपुर खानेपानी (१०० केभिए)
  • असार ९: वराहक्षेत्र नगरपालिका–९, राजाबास (१०० केभिए)

प्रमुख सिंहका अनुसार एउटा १०० केभिए ट्रान्सफर्मर चोरी हुँदा १०–१२ लाख रुपैयाँ बराबरको क्षति हुन्छ भने ५० केभिएको चोरीमा ६–७ लाख रुपैयाँसम्म नोक्सानी हुन्छ। चोरीका घटनाले सिँचाइ तथा खानेपानी सेवा प्रभावित हुने,ट्रान्सफर्मर व्यवस्थापनमा समस्या हुने, र विद्युत् सेवा अवरुद्ध हुनाले जनजीवनमै असर परेको प्राधिकरणले जनाएको छ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *