Categories समाचार समाज

गहवामाई रथ यात्रामा जनसागर, ब्राइट स्कूलको सामाजिक योगदान उल्लेखनीय

वीरगञ्ज । वीरगञ्जमा आज शुक्रबार ऐतिहासिक श्री गहवामाई रथ यात्रा भव्य रूपमा सम्पन्न भएको छ। गहवामाई मन्दिर पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसर पारेर श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा तेस्रो पटक आयोजना गरिएको यो रथ यात्रामा लाखौँ श्रद्धालु सहभागी भएका थिए।

बिहान ८ बजे विशेष पूजापाठपछि सुरु भएको रथ यात्रा गहवामाई मन्दिरबाट निस्किएर घण्टाघर चोक, रेल्वे रोड, छपकैयाको छठ घाट, बिर्ता, महावीरस्थान, आदर्शनगर हुँदै पुनः मन्दिरमै पुगेर सम्पन्न भएको थियो।

Advertisement

गर्मीको मौसममा यात्रा सहज बनाउन सामाजिक संस्था, स्थानीय व्यापारी, नगरवासी लगायत विभिन्न समूहहरूले रथ यात्राको मार्गभर पानी, सर्बत र जुस वितरण गरेका थिए। तीमध्ये ब्राइट पब्लिक कलेजका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै श्रद्धालुहरूलाई पेय पदार्थ वितरण गरेर सेवा भाव प्रस्तुत गरे।

Advertisement

कलेजका निर्देशक मुकेश गुप्ताले विद्यार्थीको यो सेवामूलक कार्यले धार्मिक सहिष्णुता, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको समर्पणको भावनालाई बढाएको बताए। “यस्ता अवसरहरूले विद्यार्थीहरूमा सामाजिक चेतना र एकताको भावना विकास गर्छ,” गुप्ताले भने।

गहवामाई रथ यात्रा धार्मिक आस्था मात्र नभई सांस्कृतिक परम्पराको पर्वका रूपमा स्थापित हुँदै गएको आयोजक समितिले जनाएको छ। तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो रथ यात्रा अब वीरगञ्जको धार्मिक पहिचानको महत्वपूर्ण प्रतीक बनेको छ।

ब्राइट पब्लिक कलेजका विद्यार्थीहरूको सक्रियता र सेवाभावले यसपटकको रथ यात्रालाई अझै ऐतिहासिक र समुदायमैत्री बनाउन उल्लेखनीय योगदान पुर्‍याएको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *