Categories समाचार

गहवामाई मन्दिरको तेस्रो रथ यात्रा भव्य रूपमा सम्पन्न, सरसफाइकर्मीहरूको तत्परताको प्रशंसा

Advertisement

वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गत अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको गहवामाई मन्दिर परिसरबाट सुरु भएको तेस्रो गहवामाई रथ यात्रा हिजो अत्यन्त श्रद्धा, भव्यता र उत्साहका साथ सम्पन्न भएको छ।

रथ यात्रा कार्यक्रममा लाखौं श्रद्धालुहरूको सहभागिता रहेको थियो। गहवामाई मन्दिरबाट सुरु भएको रथ यात्राले वीरगंजका विभिन्न मुख्य मार्ग हुँदै परिक्रमा गर्‍यो। भक्तजनहरूले आस्था, भक्तिभाव र उल्लासका साथ रथमा यात्रा गरिरहेकी माताको दर्शन गरी आशीर्वाद लिए।

Advertisement

यस रथ यात्राले वीरगंजमा धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ। स्थानीय बासिन्दा, स्वयंसेवक, सुरक्षाकर्मी र विभिन्न सामाजिक संघ–संस्थाले रथ यात्राको व्यवस्थापनमा सहयोग गरेका थिए।

Advertisement

रथ यात्रा सम्पन्न भएलगत्तै वीरगंज महानगरपालिकाका सरसफाइकर्मीहरूले अत्यन्त चुस्त, तदारुक र सराहनीय भूमिका निर्वाह गरेका थिए । यात्राको क्रममा रथ पार गर्नासाथ सडकमा देखिएका पेय पदार्थका खाली डब्बा, प्लास्टिक, कागजलगायतका फोहरहरू तत्कालै सफा गरिएको थियो, जसका कारण वातावरण शुद्ध र सुन्दर देखिन्थ्यो।

यात्रा सकिएलगत्तै सम्पूर्ण मार्ग क्षेत्र सफा पारिएको थियो, जुन दृश्यले बाहिरबाट आएका पर्यटक तथा श्रद्धालुहरूलाई समेत प्रभावित पारेको थियो। धेरै पर्यटकहरूले वीरगंजको सफा व्यवस्थापन र कार्यसम्पादनप्रति प्रशंसा व्यक्त गरेका छन्।

महानगरको स्वच्छ वीरगंज अभियान अन्तर्गत सरसफाइकर्मीहरूको समर्पण, अनुशासन र तत्परताले आम नगरवासीहरूको मन जितेको छ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले रथ यात्राको सफल आयोजनामा सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै भने, “गहवामाई हाम्रो धार्मिक, सांस्कृतिक र नगरको गौरव हो। हामी हरेक वर्ष यस पर्वलाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजानेछौं।”

सफाईकर्मीहरूद्वारा देखाइएको सेवा भावना यसको अर्को प्रेरणादायक पक्ष बनेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *